आगलागीमा रु १४ लाख बराबरको क्षति

बर्दिया, फागुन २६। बर्दियाको सूर्यपटुवा–३ कैलाशीमा आगलागी हुँदा एक घरसहित दुईवटा गोठ जलेर नष्ट भएका छन् ।

आशाराम थारुको घरबाट सल्किएको आगोले छिमेकी चैतु थारुको घर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीयवासी, नेपाल प्रहरी र दमकलको सहायताले तीन घन्टापछि आगो निभाएका थिए ।

आगलागीबाट करिब रु १४ लाख बराबरको क्षति पुगेको शङ्कर चौधरीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्