स्थानीय चुनाव कुनै हालतमा रोकिँदैनः प्रधानमन्त्री

काठमाडौँ, फागुन २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् ।

बिहीबार राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले परिवर्तनको अनुभूति जनताको तहसम्म पुर्‍याउन स्थानीय चुनाव अपरिहार्य रहेको बताए । साथै उनले चुनाव सम्पन्न गर्ने काममा केन्द्रित हुन पनि मातहतका निकायलाई निर्देशन दिएका छन् ।

संविधानले स्थानीय तहको निर्वाचन हुँदै केन्द्रीय तहको निर्वाचन गर्ने व्यवस्था गरेकाले त्यसमा दायाँबायाँ गर्ने अवस्था नरहेको उनले बताए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री समक्ष कार्यदलको प्रतिवेदन

बिहीबार राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भने-‘राजनीतिक संक्रमण लम्बिँदै जाँदा जनतामा निरासा छाउँछ, पश्चगामी शक्तिले टाउको उठाउने प्रयास गर्दछन् । नयाँ संविधानले स्थानीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सहित महत्वपूर्ण अधिकार दिएको छ । ती अधिकारको कार्यान्वयनका लागि निर्वाचनको कुनै बिकल्प छैन । स्थानीय तहको निर्वाचनले मात्र सिंहदरबारमा केन्द्रित अधिकारलाई गाउँमा लैजाने वातावरण बन्छ । त्यसैले स्थानीय निर्वाचन अपरिहार्य छ ।’
सूचनाको हक लोकतन्त्रको स्तम्भ भएकोमा प्रधानमन्त्रीले जोड दिनुभयो ।

याे पनि पढ्नुस  राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन शुरु (लाइभ भिडियाे)

प्रधानमन्त्रीले भने-‘सूचना र सूचनाको हक प्रभावकारी भयो भने मात्रै लोकतन्त्र बलियो हुन्छ ।

लोकतन्त्र संस्थागत गर्न निर्वाचनको कुनै बिकल्प नभएको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्रीले भने–‘लोकतन्त्रको व्यवहारिक प्रयोग भनेकै निर्वाचन हो । हामीकहाँ घोषणामा लोकतन्त्रलाई स्वीकार्ने तर लोकतान्त्रिक संस्कृतिको निर्माण र अवलम्बन गर्ने कुरामा समस्या छ । लोकतन्त्रका लागि निर्वाचन र राजनीतिक प्रतिस्पर्धालाई सहजतापूर्वक आत्मसात गर्न जरुरी छ ।’

याे पनि पढ्नुस  प्रधानमन्त्री प्रचण्डले अोलीलाई भने- संविधान संशाेधन गरी तीन वटै चुनाव गरौ, अाउनुस् सरकारमा

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमूख आयुक्त कृष्णहरि बाँस्कोटा, आयुक्तहरु यशोदादेवी तिम्सिना, किरणकुमार पोखरेलले सूचनाको हकसम्बन्धि प्रतिवेदनलाई व्यवस्थापिका–संसदमा छलफल विषय बनाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

कमेन्ट गर्नुहोस्