उद्धारका लागि गएको सेनाको हेलिकोप्टरले घटनास्थलमा ल्यान्ड गर्न सकेन

जाजरकोट, फाल्गुन २६ । जाजरकोटमा बस दुर्घटनामा परेकाहरुको उद्धारका लागि काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकोप्टरले ल्यान्ड गर्ने ठाउँ नपाएपछि सदरमुकाम खलंगामा ल्यान्ड गरेको छ ।

झण्डै ४५ मिनेटअघि राजधानीबाट घाइतेहरुको उद्धारका लागि गएको सो हेलिकोप्टरले खलंगामा ल्यान्ड गरी घटनास्थलतर्फ जाने काम गरिरहेको प्रहरीले बताएको छ ।

जाजरकोटको नगरपालिकास्थित बोहरागाउँ नजिकै आज भएको यात्रुबाहक बस दुर्घटनामा २० जनाको मृत्यु भएको छ भने अन्य ४० जनाको घाइते भएका छन् ।

पुरानो गाडीमा क्षमताभन्दा बढी यात्रु राखेका कारण ओलारोमा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्