भारतीय विदेश मन्त्रालयद्वारा हत्या गरिएका गौतमको पोष्टमार्टम रिपोर्ट मागियो

काठमाडौं, फागुन २७ । गृहमन्त्री विमलेन्द्र निधिले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई पुनर्वास घटनाबारे आपत्ती जनाएपछि भारतीय विदेश मन्त्रालयले यसबारेमा विज्ञप्ती जारी गरेको छ ।

कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोली लागेर नेपाली नागरिकको ज्यान गएको घटनामा विज्ञप्ति जारी गर्दै विदेश मन्त्रालयले गोली लागेर नेपालीको ज्यान गएको विषयमा एसएसबीसँग सोधपुछ भइरहेको उल्लेख गरिएको छ।

विज्ञप्तीमा मृतकको पोष्टमार्टम लगायतका फोरेन्सिक रिर्पोटहरु कूटनीतिक माध्यमबाट आफूलाई पनि उपलब्ध गराउन आग्रह गरेको छ।

विज्ञप्तीमा लखिपुर खिरी र कन्चनपुर जिल्लाका स्थानीय अधिकारीहरु विवाद सुल्झाउन वार्तामा बसेको समेत उल्लेख छ ।

कमेन्ट गर्नुहोस्