काठमाडौं, २८ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले शनिबार विहानै भारतीय गाडीमा तोडफोड गरेका छन् ।
पार्टीका कार्यकर्ताले काठमाडौंको गोंगबुमा एच पी ६४ ५०६६ नम्बरको भारतीय गाडी तोडफोड गरेका हुन् ।
कञ्चनपुरको पुर्नवासमा भारतीय भारतीय सुरक्षा बल नेपाली भूमिमा प्रवेश गरेर गोली हानी नेपाली नागरिक गोविन्द गौतमको निर्ममतापूर्वक हत्या गरिएको भन्दै त्यसको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता प्रकाण्डले भारतले नेपालमाथि गर्दै आएको हस्तक्षेप नरोकेमा लाजिम्पाटमा रहेको भारतीय दूताबासमा आक्रमण गर्ने चेतावनी दिएका थिए ।