भारतीय नम्बर प्लेटको गाडीमा तोडफोड र आगजनी

काठमाडौं, फागुन २८ । कञ्चनपुरमा भारतीय सीमा प्रहरीले नेपाली हत्या गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकासहित मुलुकभर केही मात्रामा देखिएको छ।

आज बिहानै बन्दकर्ताले कलंकीमा भारतीय नम्बर प्लेटको गाडीमा तोडफोड गरेका छन्। यूपी ६५ एएम ०६५७ नम्बरको गाडीमा बन्दकर्ताले तोडफोड गरेका हुन्।
बन्दका कारण काठमाडौंका सडकमा सार्वजनिक सवारी साधन पर्याप्त गुडेका छैनन्। निजी सवारीसाधनको आवातजावत सामान्य रहेको प्रहरीले जनाएको छ। बन्दमा हुन सक्ने अप्रिय घटना हुन नदिन बिहानैदेखि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

याे पनि पढ्नुस  एसएसबीको गोली लागि मृत्यु भएका गोविन्द गौतमलाई शहीद घोषणा गर्न माग

यस्तै फलफूल बोकेर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको यूपी ४०–४४२४ नम्बरको मिनी ट्रकमा शुक्रबार राति तुलसीपुरको रानीघाट खोलामा आगजनी भएको छ ।
अज्ञात समूह आगजनी गरेर भागेको र उनीहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्