Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

साझा बसमा विप्लवका कार्यकर्ताले लगाए आगो

काठमाडौं, फागु्न २८ । नेत्रविक्रम चन्द विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्द अवज्ञा गरी प्रहरी राखेर सञ्चालित साझा बसमा आगजनी भएको छ । काठमाडौंको बालाजु बाइपासमा बा ४ ख ५६४८ नम्बरको बसमा आगजनी गरिएको हो ।

एअरपोर्ट–नयाँ बसपार्क रुटमा चल्ने साझा बस बाइपासमा रोकिराखेको अवस्थामा एक समुहले पेट्रोल छर्किएर आगो लगाएको सो समितिले जनाएको छ ।

आगलागीबाट बसको भित्रीभाग जलेर नष्ट भएको छ । प्रहरीले नै सुरक्षा दिएर सञ्चालन गरिएको साझा बसमा कसले आगो लगाएको नखुलेको समितिको भनाइ छ ।

बसका स्टाफ र सुरक्षा दिइरहेका दुई जना सुरक्षाकर्मी समेत खाना खान गएको अवस्था पारेर बसमा आगजनी गरिएको बताइएको छ ।

त्यसबेला बसमा केही यात्रु बसेको भए पनि उनीहरु भने ओर्लिन भ्याएका थिए ।

चन्द नेतृत्वको नेकपाले बन्दको आह्वान गरेकाले बसमा उनीहरुले नै आगो लगाएको हुनसक्ने प्रहरीले जनाएको छ ।

बसमा लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा निभाइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: