Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतीय सिमा नाकामा कडार्इ हुँदा सामान अायातमा कमी

काठमाडौं, २८ फागुन । कञ्चनपुर घटनापछि भारतले सीमावर्ती नाकाहरुमा कडाइ गरेको छ । हरेक दिन ९० को हाराहारीमा मालबाहक र ४० बढी साना सवारी साधन भित्रिने गरेको नेपालगञ्ज नाकाबाट न्यून मात्रामा मालबाहक सवारी साधन भित्रिएका छन् ।

नेपालगन्ज नाकाबाट शुक्रबार एउटा पनि साना सवारी साधन नेपाल नभित्रिएको इलाका प्रहरी कार्यालय जमुनहाले जनाएको छ ।

साना सवारी साधनलाई एसएसवीले रुपहिडिहामा नै रोकेर नेपाल प्रवेश गर्न नदिएको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले बताए ।

भारतले मालबाहक गाडी नेपाल भित्रिन नदिएपछि नेपालगन्ज भन्सार कार्यालय अगाडि र भन्सारको टर्मिनल खाली देखिएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: