शक्ति र सोमपालको उत्कृष्ट प्रदर्शनले नेपालले केन्यालाई दियो ११३ रनको चुनौति

केन्या जवाफी व्याटिङमा, पहिलो अोभरमा ८ रन

काठमाडौं, फागुन २८ । शक्ति गौचन र सोमपाल कामीको उत्कृष्ट व्याटिङ मद्यतमा नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्याविरुद्ध ११३ रनको चुनौति दिएको छ ।

शनिबार त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले वर्षाले २९ ओभरमा छोट्याएको खेलमा ८ विकेट गुमाएर ११२ रन बनायो । शक्ति र सोमपालले अविजित क्रमश १८ र १५ रन बनाए ।

डकवर्थ लुइस नियम अनुसार २९ अोभरमा झारिएको खेलमा नेपालले १०४ रन पाएको थियो ।

नेपालको धर्मराएको व्याटिङ लाई दुबैले उकासेका थिए । एक समय नेपाल ६ विकेट गुमाएर जम्मा ७२ रनको अवस्थामा रहेको अवस्थालाई उनीहरुले मध्यम स्कोर सम्म पुर्याएका थिए । दुबैबीच ३० रनको साझेदारी भएको थियो । कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २७ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह एरीले १९ रन बनाए । सागर पुन पनि व्यक्तिगत १० रन जोडेर आउट भएका थिए । अन्य व्याट्स्यानले दोहारोे अंक जोड्न सकेनन् ।

बसन्त रेग्मी ६ रन, विनोद भण्डारी ४ रन मात्रै बनाए । नेपालका ओपनर सुनील धमला ३ रनमा पवेलियन फर्कदा शरद र मेहबुब आलमको व्याट आजको खेलमा चल्न सकेन । शरद पनि व्यक्तिगत ३ रनमा आउट भए । मेहबुब आलमले २ रन मात्रै बनाए ।

कमेन्ट गर्नुहोस्