Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आयोगले तोक्यो अबका उम्मेद्वारका निर्वाचन खर्च (सूचीसहित)

काठमाडौं, फागुन २८ । निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने भनिएको स्थानीय तहको चुनावमा उम्मेद्वारको खर्चको सीमा तोकेको छ ।

स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारहरुको निर्वाचन प्रचारप्रसार लगायतका निर्वाचन कार्यमा गर्न पाउने खर्चको सीमा आयोगले निर्धारण गरेको छ ।

जिल्ला समन्वय समितिका वडा सदस्यले सबैभन्दा कम अर्थात एक लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन् भने सवैभन्दा धेरै महानगरपालिकाका प्रमुख र उपप्रमुखले सात लाख ५० हजार खर्च गर्न पाउनेछन् ।

महानगरपालिकाका वडा अध्यक्षको चुनाव खर्चको सीमा तीन लाख तोकिएको छ । उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखले पाँच लाख ५० हजार र वडा सदस्यले दुई लाख ५० हजार चुनावम खर्च गर्न पाउनेछन् ।

मतदाता नामावली खरिद, सवारी साधनरघोडा, सवारी इन्धनरदाना, प्रचार–प्रशार सामग्री, ढुवानी, कार्यकर्ता परिचालन, कार्यलय संचालन, प्रतिनीधि परिचालन र विविधमा उम्मेद्वारले खर्च गर्न पाउनेछन् ।

सूची हेर्नुहोस्

aayog kharcha

aayog kharcha

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: