निर्वाचनपछि मुलुकको राजनीति सफा हुन्छः प्रधानमन्त्री

काठमाडौं, फागुन २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा निर्वाचनपश्चात राजनीतिक सफा हुने बताएका छन् ।

सिंगै मुलुक स्थानीय तहको निर्वाचन सम्पन्न गर्न जुटेको दावी गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनमार्फत् मुलुकको राजनीति सफा हुने विश्वास पनि व्यक्त गरेका छन् ।

बागमति सफाई महाअभियानको २०० औं हप्तामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रचण्डले निर्वाचनलाई सम्पन्न गर्न स्थानीय तहले स्वयम्सेवी भावनाका साथ काम गर्ने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाल विभिन्न संस्कृतिले धनी मुलुक रहेको उल्लेख गर्दै यसको संरक्षण र संवद्र्धन गर्न नेपालीहरु आफै सक्षम रहेको पनि उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले नेपालीहरुले कहिल्यै पनि कसैसँग नझुकेको ऐतिहासिक तथ्य उल्लेख गर्दै आत्मा सम्मानका साथ बाँच्न नेपालीहरु सधैं प्रतिवद्ध रहेको पनि स्मरण गराए ।

कमेन्ट गर्नुहोस्