प्रधानमन्त्रीका स्वकीय उपसचिव मनहरिको राजिनामा स्विकृत

काठमाडौं, फागुन २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय उपसचिवका रुपमा कार्यरत मनहरि शर्मा (तिमल्सिना) ले पदवाट दिएको राजिनामा प्रधानमन्त्रीको सचिवालयले स्विकृत गरेको छ ।

आफ्नो घरयासी तथा अन्य व्यावहारिक कारण जनाउँदै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा समक्ष मनहरिले फागुन २६ गते राजिनामा दिएका थिए ।

राजिनामा पत्रमा आफ्नो व्यक्तिगत कारणले स्वकीय सचिवालयमा रही काम गर्न नसक्ने जनाउँदै अगाडि भनिएको छ‘ ‘यहाँहरुको अमूल्य बिश्वास अनुरुप आफ्नो जिम्मेवारी पुरा गर्न नसकेकोमा दुखी र लज्जीत दुबै छु । आशा छ, यहाँहरुको मेरो बाध्यता बुझिदिनु हुनेछ ।’

प्रमुख स्वकीय सचिव महराले मनहरि शर्माको राजिनामा स्विकृत गर्दै उनले सचिवालयमा रहेर पु¥याएको योगदानप्रति आभार प्रकट गरेको सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्