हिउँ पर्यो चन्द्रागिरी डाँडामा

काठमाडौं, फागुन २९ । राजधानीको नजिकै रहेको चन्द्रागिरी डाँडामा हिउँ परेको छ । हिउँ परेपछि हिउँसँग खेल्न मानिसहरु त्यहाँ पुगेका छन् । यद्यपी हिउँ बाक्लो भने परेको छैन ।

बिहिबारदेखि परिवर्तन भएको मौसमसँगै चिसिएको राजधानीमा आज घाम लागेको छ । चन्द्रागिरी डाँडामा शनिबार हिउँ परेको थियो । आजको चर्को घामले हिउँ भने सबै पगाल्ने देखिन्छ ।

त्यसैपनि फागु पुर्णिमाका दिन चन्द्रागिरीमा विशेष मेला लाग्छ। यस्तोमा हिउँ पनि परेपछि मानिसहरु रमाउने क्रम बढेको छ ।

कमेन्ट गर्नुहोस्