पोखरेल र पुडासैनीलाई लामिछाने निबन्ध पुरस्कार

काठमाडौँ, फागुन ३० । शंकर लामिछाने प्रतिष्ठानले यस वर्षको ‘शङ्कर लामिछाने निबन्ध पुरस्कार’ साहित्यकार बालकृष्ण पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आज बसेको बैठकले ‘शंकर लामिछाने युवा निबन्ध पुरस्कार’ नियात्राकार दामोदर पुडासैनीलाई प्रदान गर्ने निर्णय गरेको उक्त प्रतिष्ठानका अध्यक्ष रोधेश्याम लेकालीले जानकारी दिए ।

याे पनि पढ्नुस  राजवको लघुकथा: फस्ट ग्रेडको ब्राह्मण

दुवै पुरस्कारको रकम क्रमशः रु ५० हजार र रु २५ हजार रहेको छ । वरिष्ठ साहित्यकार माया ठकुरी, अच्युतरमण अधिकारी र युवराज नयाँघरेसहितको तीन सदस्सीय समितिले सो पुरस्कारको निर्णय गरेको हो ।

यस अघि शङ्कर लामिछाने निबन्ध पुरस्कारबाट निबन्धकार कृष्णचन्द्रसिंह प्रधान, प्रा.डा.दुर्गाप्रसाद भण्डारी, डा.ताना शर्मा र श्यामप्रसाद शर्मा सम्मानित भइसकेको छ भने शंकर लामिछाने युवा निबन्ध पुरस्कारबाट निबन्धकार श्रीओम श्रेष्ठ, युवराज नयाँघरे, झमक घिमिरे र भीष्म उप्रेती सम्मानित भएका प्रतिष्ठानले जनाएको छ ।

याे पनि पढ्नुस  गजलः आमाको काखमा स्वर्ग

प्रतिष्ठानले आगामी चैत ५ गते अक्षर शिरोमणि मदनमणि दीक्षितको अभिनन्दन गर्ने निर्णय समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्