लाइभः ज्ञानेन्द्र र दीपेन्द्रबीच ४८ रनको साझेदारी

काठमाडौं, फागुन ३० । आइसिसी विश्व क्रिकेट च्याम्पियनशीप लीग अन्तर्गत केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याएर व्याटिङमा उत्रिएको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबीच ४८ रनको साझेदारी भएको छ ।

केन्याविरुद्ध जवाफी व्याटिङमा रहेको नेपालले १३ ओभरको खेल जारी रहँदा ६३ रन बनाइसकेको छ । नेपालले ओपनर सुनिल धमला र सागर पुनलाई

सस्तैमा गुमाएपछि केही दबाबमा देखिएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले पारी सम्हालिरहेका छन् ।
कप्तान ज्ञानेन्द्र ३२ रन बनाइ खेलिरहेका छन् । दीपेन्द्र २५ रन बनाइ खेलिरहेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा टस हारेर पहिले व्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ४६ दशमलब एक बलमा अक आउट भएर १५५ रन बनायो । नेपालका लागि शरद भेष्वाकरले ४ विकेट लिए ।

कमेन्ट गर्नुहोस्