हात्तीपाइलेविरूद्द ‘औषधि सेवन गराउने अभियान’

काठमाडौ, फागुन ३० । विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोगको रुपमा चिनिएको हात्तीपाइले रोगविरुद्धको औषधी सर्वसाधारणले सेवन नगरेपछि अव ‘औषधि सेवन गराउने अभियान’का रुपमा सञ्चालन गर्ने भएको छ ।

सरकारले निःशुल्क रुपमा वितरण गरेको हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गरे मर्न सकिन्छ भन्ने गलत हल्ला फैलिएपछि स्थानीयले डरले सो औषधीको सेवन नगरेका हुन् ।

याे पनि पढ्नुस  झापामा एकहजार १६५ जनामा हात्तीपाइले

स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज पत्रकार सम्मेलन गरी आगामी चैत ५, ६ र ७ गते पहिलो चरण तथा चैत १७, १८ र १९ गते दोस्रो चरणमा यो अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।

यसअघि फागुन २१, २२ र २३ गते सञ्चालन गर्ने भनिएको यो अभियान स्थागित भएको थियो ।

याे पनि पढ्नुस  कपिलवस्तुमा आठसय ७८ जनामा हात्तीपाइले

महाशाखाले ३० जिल्लाका दुई वर्ष माथिका एक करोड आठ लाखलाई यो अभियानमार्फत हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागेको हो । अभियानमा १० हजार ४४९ स्वास्थ्यकर्मी र ५४ हजार ६६६ स्वास्थ्य स्वयम्सेवक परिचालन हुने निर्देशक डा. आचार्यले बताए ।

दुई वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, छारे रोगी, एकहप्ता नपुगेका सुत्केरी, सिकिस्त बिरामीले यो औषधि सेवन गर्न नहुने उनले बताए ।

याे पनि पढ्नुस  हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन हुने

सन् २०२० सम्म नेपालबाट पूर्णरूपमा यो रोग निवारण गर्ने उद्देश्यका साथ सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइसक्ने लक्ष्य नेपाल सरकारले लिएको छ ।

कमेन्ट गर्नुहोस्