‘सीमांकन छाडेर’ संविधान संशोधन

काठमाडौं, चैत १ ।  सरकारले पेश गरेको संविधान संशोधनका प्रस्तावित बुँदामध्ये सीमांकनको विषय छाडेर अन्य विषय पारित गर्ने तयारी सुरु भएको छ ।

स्थानीय तह निर्वाचनको वातावरण बनाउन भन्दै सत्तारुढ दल माओवादी केन्द्र, कांग्रेस तथा प्रमुख प्रतिपक्षी उमालेका शीर्ष नेताबीच यसबारे छलफल भइरहेको छ ।

यस विषयमा कमल थापा नेतृत्वको राप्रपा र विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि सकारात्मक छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सीमांकनसहित पास गराउने अवस्था नभएको अवस्थामा प्रमुख दलबीच विकल्प खोजी भइरहेको छ । ‘पहिलो प्रयास त सकेसम्म सीमांकनसहितको संविधान संशोधन पारित गर्ने हो, कथंकदाचित त्यो सफल भएन भने अर्को विकल्प खोजिनेछ’, आचार्यले भने ।

यो खबर आजको नागरिक दैनिकमा  छ ।

कमेन्ट गर्नुहोस्