प्रधानमन्त्री प्रचण्डले गरे स्थानीय तह कार्यान्वयनको औपचारिक शुभारम्भ

प्रधानमन्त्रीले भने अब सिंहदरबारमा सीमित अधिकार गाउँ,टोल पुग्यो

काठमाडौं चैत्र १ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तह कार्यान्वयनको औपचारिक शुभारम्भ गरेका छन् । आजैदेखि घोषणा भएको ललितपुर महानगरपालिकामा आयोजित एक विशेष कार्यक्रमकाबीच राष्ट्रिय सञ्चारमाध्यम माफर्त सवै महानगरपालिका, नगरपालिका, र गाउँपालिकालाई नयाँ स्थानीय तह कार्यन्वयनमा आएको घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीले औपचारिक शुभारम्भ गरेपछि देशभर गत फागुन २७ गतेदेखि लागु भएका ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका कार्यन्वयनमा आएका छन् ।

प्रधानमन्त्रीले घोषणा गरेपछि मंगलबारबाट ७४४ वटा स्थानीय तहको आजैबाट लागू भएको छ ।
स्थानीय तह पुर्नसंरचना आयोगले दिएको प्रतिवेदनमा केही संख्या थपेर सरकारले स्थानीय तहको नयाँ संरचना कार्यन्वयनमा ल्याएको हो । मधेसी मोर्चाको माग सम्बोधनको लागि सरकारले केही संख्या थपकेको हो । पूनसंरचना आयोगले ७१९ तह हुनेगरी प्रतिवेदन बुझाएको थियो ।

आजैदेखि ओपचारिक रुपमा कायान्वयनमा आएको ७४४ स्थानीय तहमा कार्यकारी अधिकृत कर्मचारी पठाउने तयारी गरेको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ती कर्मचारीलाई पठाउने भएको छ ।

कमेन्ट गर्नुहोस्