न्यायाधीशको बढ्यो पारिश्रमिक

काठमाडौँ, चैत १ । प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीश, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्बाट आज बहुमतले स्वीकृत भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले बेग्ला बेग्लै प्रस्तुत गरेको उक्त विधेयकसम्बन्धी प्रस्तावलाई सदनले बहुमतबाट स्वीकृत गरेको हो ।

याे पनि पढ्नुस  अध्यादेश बदरको माग गर्दै सर्वोच्चमा तीन रिट

प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रेम सुवाल, रामनारायण बिंडारी, प्रतीक्षा तिवारी मुखिया, कृष्णभक्त पोखरेललगायतले विधेयकमा स्वतन्त्र न्यायालय र न्यायमूर्ति न्यायाधीशको गरिमालाई होच्याउने काम भएकाले त्यसलाई परिमार्जन र सुधार गर्र्नुपर्नेमा जोड दिए ।

विधेयकलाई व्यापक गृहकार्य गरेर ल्याउनुपर्नेमा कर्मकाण्डी हिसाबले ल्याइएको भनी त्यसको विरोध गर्दै उनीहरुले अदालत र न्यायाधीशलाई दिइनुपर्ने आवश्यक सुरक्षाको पाटोमा पनि विधेयकमा राख्न आवश्यक रहेको बताए ।

याे पनि पढ्नुस  संसद् विघटनको मुद्दामा निर्णय सुनाइँदै

जवाफमा मन्त्री नायकले विधेयकमाथि हुने दफावार छलफलमा विधेयकका बारेमा विस्तृत छलफल हुने भएकाले विधेकलाई अघि बढाउने सम्बन्धमा स्वीकृत प्रदान गर्न आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्