Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भूकम्प पीडितको अस्थायी टहरोमा डोजर चल्यो

काठमाडौं, चैत १। बौद्ध चुच्चेपाटीस्थित भूकम्प पीडितहरुको अस्थायी टहरामा स्थानीय प्रशासनले डोजर लगाएर भत्काएको छ ।

गत १२ वैशाख २०७२ को विनाशकारी भूकम्पपछि राजधानीका छिमेकी जिल्लाहरु सिन्धुपाल्चोक, दोलखा, रसुवा लगायतबाट आई अस्थायी टहरा निर्माण गरी बसेका २ सय ४३ भूकम्प पीडितहरुको टहर आज डोजर लगाई भत्काइएको हो ।

प्रहरीको सहयोगमा स्थानीय प्रशासनले अस्थायी टहराहरु भत्काएको छ ।

पूर्वसूचना दिएर नै अस्थायी टहराहरु हटाइएको काठमाडौं जिल्ला प्रमुख अधिकारी हिमनाथ दबाडीले जानकारी दिएका छन् । उनले भने, ‘भुकम्प पीडितहरुलाई सरकाले राहत दिइसकेको छ, त्यसैले उहाँहरु अब आ–आफ्नो जिल्लामा जानुपर्छ ।’

स्थानीय प्रशासनले जग्गा खाली गर्न झण्डै एक महिनादेखि माइकिङ गर्दै आएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: