स्तन क्यान्सरको उपचारका लागि नयाँ पद्धति प्रभावकारी,

अभिनेत्री एन्जोलिना जोलीले गराइन स्तन क्यान्सरको उपचार

चैत १ । स्तन क्यान्सरको उपचारका लागि नयाँ पद्धति प्रभावकारी भएको अनुसन्धानबाट खुलेको छ । नयाँ जैविक उपचार पद्धतिमा प्रयोग गरिने उक्त औषधिले स्तन क्यान्सर महिलाहरु थप लाभान्वित हुने भएका छन् ।
हरेक पाँच जनामा एक स्तन क्यान्सरबाट पीडित महिलामा हुने गरेको र नयाँ उपचार पद्धतिबाट उनीहरुको उपचारमा राम्रो काम गरेको अनुसन्धानकर्ताले बताएका छन् ।
हाल परिक्षणको क्रममा रहेको उक्त बायोलोजिकल अर्थात जैविक उपचार पद्धति परीक्षणको नतिजा साह्रै राम्रो देखिएको र स्तन क्यान्सरको उपचारमा यो प्रभावकारी हुने देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

याे पनि पढ्नुस  स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार

जैविक पद्धतिले वंशाणुगत आनुवंशिक खराबीका कारण हुने स्तन क्यान्सरको उपचार प्रभावकारी हुने देखिएको बेलायतको वेलकम ट्रस्ट सानगर इन्ष्टिच्युडका अनुसन्धानकर्ताले बताएका हुन् ।

यस्तै जैविक उपचार पद्धतिमा प्रयोग गरिने औषधिले वंशाणुगत रुपमा नभइ अरु कारणले स्तन क्यान्सर भएका वा खतरामा रहेका महिला पनि लाभान्वित हुने उनीहरुले बताएका छन् ।

याे पनि पढ्नुस  छामेर पत्ता लगाउनुस् स्तन क्यान्सर

हलिवुड अभिनेत्री एन्जोलिना जोलीले बिआरसिए जिनको खराबीका कारण स्तन क्यान्सरको खतरा बढेपछि उपचार गराएकी थिइन् ।

स्तन क्यान्सर भएका ५ सय ६० बिरामीको स्तनको जेनेटिक मेकअप गरेर गरिएको अनुसन्धान प्रतिवेदन नेचर मेडिसिन जर्नलमा प्रकासित भएको छ ।

कमेन्ट गर्नुहोस्