‘ड्रिम्स’ का कारण प्रहरी चौकीमा भुवन केसी

चैत १ । सन् २०१६ को सफल चलचित्र ‘डिम्स’का कारण निर्माता तथा अभिनेता भुवन केसी प्रहरी चौकीमा पुगेका छन् ।

उसोतः आर्थिक लेनदेनका मामिला भूवनसँग कारोबार किचलोमय हुने गरेको चर्चा नेपाली फिल्म वृत्तका लागि नौलो कुरा होइन।

यसपटक पनि ‘ड्रिम्स’का सह–निर्माता कृष्ण पाण्डेले आफ्नो लगानीको हिसाबकिताब नबुझाई आफूलाई ठगी गरेको भन्ने प्रहरी चैकीमा उजुरी दिएपछि केसी सोमबार प्रहरी चौकीमा पुगेका छन् ।

अमेरिकामा बस्दै आएका चलचित्र सह–निर्माता पाण्डेलाई चलचित्र ‘ड्रिम्स’का लागि केसीले करिब १० लाख रूपयाँ लगानी गर्न लगाएका थिए ।

उजुरीपछि प्रहरीले भुवनलाई सोधपुछ तथा छलफलका लागि परिसर बोलाएको थियो ।

प्रहरीमा पुगेका भुवनले प्रहरीसमक्ष पाण्डे फिल्मको सह–निर्माता भएको र उनको हिसाबकिताब राफसाफ गर्ने कबुल गरेका छन् ।

उजुरीकर्ता पाण्डेले छलफलका क्रममा आफूहरूलाई फिल्म चलेको भए चलेको र नभए घाटाको हिसाब बुझाउन माग गरेका थिए ।

‘ड्रिम्स’ पाइरेसीको मुद्दामा केसीले आफूलाई करोडमाथीको घाटा भएको भन्दै हाइलाइट्स नेपालबाट २५ लाख असुलेका थिए।

कमेन्ट गर्नुहोस्