Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बाख्राको बर्किम्लाबाट किसानहरु यसरी करोडपति बन्छन्

बाँदर रुखमा चढेको त देखिएकै हो । तर, के तपाईंले बाख्रा पनि बाँदरझैँ रुखमा चढेको देखेका छौं ? देख्ने कुरै भएन । किनकि हामीकहाँका बाख्रा त्यसरी रुख चढ्न सक्दैनन् ।

तर अफ्रिकी देश मोरक्कोमा पाइने एउटा विशेष जातको बाख्रा भने बाँदरझैँ रुखमा चढ्ने गर्दछ । रुखमा चढ्न बाहिर त्यस प्रजातिका बाख्राहरुले रुखमा फलेका फलहरु खान्छन् ।

रुखमा चढ्ने बाख्रा भनिसकेपछि विशेष नहुने कुरै भएन । अझ विशेष त यो जातको बाख्राको मल अर्थात् बर्किम्ला पो हुन्छ ।

यो जातको बाख्राको बर्किम्ला बेचेरै किसानहरुले करोडौँ कमाउने गर्दछन् भन्ने सुन्दा छक्क पर्नुहोला । बाख्राको बर्किम्ला बेचेर करोडौँ कमाउने भनेपछि कतै बाख्राले सुनकै बर्किम्ला पो आची गर्दोरहेछ कि भन्नुहोला । होइन, यसले मल नै आची गर्ने हो तर त्यो मल भने विशेष हुन्छ ।

दक्षिण पश्चिमी मोरक्को तथा अल्जेरियाका केही क्षेत्रमा आर्गन भन्ने वनस्पती पाइन्छ । उक्त वनस्पतीको फल उक्त बाख्राले निकै मीठो मानेर खान्छ । फल खाइसकेपछि त्यसको गुदो त बाख्राले पचाउँछ तर बिज भने पच्दैन र बर्किम्ला सँगै बाहिर आउँछ ।

किसानहरुले बाख्रो बर्किम्ला जम्मा गर्छन् र त्यसबाट फलका बिज छुुट्टाउँछन् । बर्किम्लामा पाइने फलका बिजबाट तेल निकालिन्छ । आर्गनको तेल कस्मेटिक उद्योगमा निकै महंगोमा बिक्दछ र एक लिटर तेलको १ लाख रुपैयाँ भन्दा बढि मूल्य पर्दछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: