Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ज्योतिषीले गरे भविष्यवाणीः संविधान कार्यान्वयन हुँदैन

काठमाडौं, चैत्र २ । ज्यो.दीपक सुवेदीले संविधान कार्यान्वयन नहुने बताएका छन् । बेलाबेलामा विभिन्न राष्ट्रियस्तरका भविष्यवाणी गरेर चर्चामा आउने उनले नयाँ वर्ष २०७४ को पूर्वसन्ध्यामा फेरि अर्को भविष्यवाणी गरी आम सर्वसाधारणको ध्यानाकर्षण गरेका छन् ।

नयाँ वर्ष २०७४ को सन्दर्भमा उनले नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुति साझा भिजन तथा इण्डिजिनियस टिभीको लागि दिएको अन्तर्वार्तामा सो कुरा व्यक्त गरेका छन् । अन्तर्वार्तामा बडो गम्भिरताका साथमा देशको बारेमा उनले अझै केही कठिनाई आइपर्न सक्ने कुराको संकेत गरेका छन् । नेपालको नयाँ संविधान निकै नराम्रो समयमा घोषणा भएको हुनाले सो संविधान कार्यान्वयन हुन नसक्ने कुरा बताएका छन् र सो संविधानलाई आधार मानेर गरिने कार्यहरू प्रभावित हुने उनको भनाई छ ।

स्थानीय निकायको निर्वाचन, राज्य पुनःसंरचना आदिको प्रकृया चलिरहेको यस अवस्थामा उनको भविष्यवाणीले मान्छेहरुको ध्यान खिच्नु स्वभाविक पनि हो । अन्तर्वातामा स्थानीय निर्वाचनलगायत भविष्यको बारेमा सोधिएको प्रश्नको उत्तरमा उनले घुमाउरो पाराल निर्वाचन गर्न अथवा संविधानको कार्यान्वयन हुन असम्भव हुने ठोकुवा गरेका छन् । राजसंस्था पुनः फर्कने भन्ने हल्लाको बारेमा सोधिएको प्रश्नको उत्तरमा समेत उनको तर्क स्वभाविक जस्तो रहेको छ ।

संविधानको ग्रह राम्रो छैन, भइसकेका कामहरू उल्टिन सक्ने देखिन्छ भने त्यस्तै अन्य जटिलताहरू पनि आइपर्नसक्ने छ । तसर्थ हामी नेपाली संयमित र धैर्य रहनुपर्छ । पशुपतिनाथले विगतमा जस्तै शेभलेण्डिङ्ग गराउन प्रार्थना गरौं । सबैले आआफ्नो धर्मको, कर्तव्यको पालना गर्नुपर्छ । सकारात्मक भावनाले रहनुपर्छ उनको भनाई छ ।

सुवेदीको धेरै भविष्यवाणीहरू पुग्ने गरेका छन् । उनले प्राय यस्ता भविष्यवाणीहरू सञ्चारमाध्यमबाटै गर्दै आएका छन् । २०७३ को पहिलो दिन सगरमाथा टेलिभिजनको अन्तर्वार्तामा प्रचण्डलाई पार्टीको नाम एकिकृत नेकपा माओवादी नफापेको सुवेदीले बताएका थिए । लगत्तै एक महिना पछि प्रचण्डले पार्टीको नाम फेरे र लगत्तै उनी प्रधानमन्त्री पनि भए । २०६२÷६३ को आन्दोलन पछि भएको शान्तिसम्झौता नै गलत समयमा भएको उनको भनाई छ । त्यही कारणले पहिलो संविधानसभाले संविधान नदिई अवसान हुनपरेको सुवेदी बताउँछन् ।

ज्यो. सुवेदीले राजा वीरेन्द्रको मृत्युको बारेमा दिव्यज्ञान पत्रिकामा २०५८ सालको वार्षिक भविष्यफल लेख्नेक्रममा लेखेका थिए । त्यो समयमा राजाको मृत्युको कुरा गर्नु ठूलो जोखिमको कुरा हुन्थ्यो । ज्यो. सुवेदीले सानै उमेरमा गरेको त्यो भविष्यवाणी मिलेपछि राम्रो प्रख्याति पनि कमाएका हुन् । त्यसो त संविधान घोषणा भएपछि पनि उनले गरेका भविष्यवाणीहरू सञ्चार क्षेत्रलाई उपलब्ध गराउने गरेका छन् ।

यहाँले ज्यो. दीपक सुवेदीको अन्तर्वार्ताको भिडियो जस्ताको तस्तै हेर्न सक्नु हुनेछ ।

युट्युब लिंक छ –

कमेन्ट गर्नुहोस्

%d bloggers like this: