आरआर क्याम्पसमा स्ववियु चुनाव गराउन सर्वोच्चको आदेश

काठमाडौं, चैत २ । सर्वोच्च अदालतले काठमाडौंको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गराउन निर्देशन दिएको छ ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु आरआरका उम्मेदवार टपेन्द्रबहादुर शाहीले दायर गरेको रिटको सुनुवाई गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले आरआरमा चुनाव गराउन त्रिभुवन विश्वविद्यालयलाई अन्तरिम आदेश दिएको हो ।

याे पनि पढ्नुस  आइजिपी विषयको निर्णय सर्वाेच्चले भोलि सुनाउने

फागुन १८ गतेका लागि तोकिएको चुनाव हुन नसेपछि क्याम्पस प्रशासनले २३ गते चुनाव गर्ने तयारी गरे पनि सुरक्षाकर्मीको अवरोधका कारण चुनाव हुन नसकेपछि शाहीले मुद्दा दायर गरेका थिए ।

सर्वोच्चले फागुन २३ गते चुनाव हुन नसक्नुको कारण पेश गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आदेश दिएको छ ।

याे पनि पढ्नुस  सर्वोच्चले भन्यो-प्रहरी महानिरिक्षक बन्न चन्दभन्दा सिलवाल योग्य !

कमेन्ट गर्नुहोस्