सिंहदरबारबाट निस्कने दिसापिसाब सिंहदरबारमै व्यवस्थापन हुँदै

काठमाडौँ, चैत ३ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रबाट निस्कने झोलजन्य फोहर सिंहदरबारभित्रै व्यवस्थापन हुने भएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले पहिलो पटक खेर जाने झोलजन्य पदार्थ (दिसापिसाब) र हात धुँदा प्रयोग भएका पानीको पुनः प्रयोग गर्न ओम्नी प्रोसेसर उपकरण जडान गर्ने अति महत्वकाङ्क्षी प्रस्ताव अगाडि सारेको छ ।

याे पनि पढ्नुस  काठमाडौँका खाल्डा पुर्न २ महिना

हाल सिंहदरभित्रबाट दैनिक कति खेराजाने झोलजन्य फोहर निस्कन्छन् भन्ने कुनै अध्ययन हुनसकेको छ्रैन । हाल झोलजन्य पदार्थ ढलमार्फत व्यवस्थापन हुँदै आएको छ ।

मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले सिंहदरबारलाई शून्य फोहररहित बनाउन र पानीको उचित सदुपयोग गर्न मन्त्रालयले ओम्नी प्रोसेसर उपकरण सिंहदरबारभित्र जडान गर्न प्रस्ताव गरेको जानकारी दिनुभयो ।

याे पनि पढ्नुस  मानव–वन्यजन्तु द्वन्द्व : ९ महिनामा १० व्यक्तिको मृत्यु

उहाँका अनुसार मन्त्रालयको सो प्रस्तावलाई बिल गेट्स फाउन्डेसनले प्राविधिक सहयोग गर्ने चासो समेत व्यक्त गरेको छ । विल गेट्सले आफ्नो आम्दानीको ठूलो हिंसा फोहरजन्य पदार्थको पुनः प्रयोगमा विश्वभर लगानी गर्ने घोषणा गरेका थिए ।

सचिव उपाध्यायले सो उपकरणको रु २८ करोड पर्ने र एकपटक जडान गरेपछि लामोसमयसम्म पुनः प्रशोधनमा काम दिने जानकारी दिनुभयो ।

याे पनि पढ्नुस  शिल्पकारले गठन गरे नयाँ पार्टी

सो उपकरणले प्रशोधन गरेका पानी पिउनयोग्य हुने र यस्तो उपकरण विकसित देशले सरकारी तथा औद्योगिक क्षेत्रमा जडान गर्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्