ह्वात्तै बढ्यो सुनको भाउ

काठमाडौं, चैत ३ । सुनको भाउ हवात्तै बढेको छ । सुन बिहीबार तोलाको ७ सय रुपैयाँले बढेर ५३ हजार ९ सय रुपैयाँ पुगेको छ ।

बुधबार सुनको भाउ तोलाको ५३ हजार २ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा उतारचढाव आएकाले भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
यस्तै बिहीबार चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी बिहीबार तोलामा ७ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

कमेन्ट गर्नुहोस्