ट्रक र चालकसहित तीन सय केजी गाँजा बरामद

हेटौँडा, चैत ३ । मकवानपुरको मनहरिबाट अवैध रुपमा भारत लान लागिएको तीन सय सात केजी गाँजा प्रहरीले बरामद गरेको छ । गाँजासहित भारतको रक्सौलतर्फ जाँदै गरेको एक भारतीय ट्रक र त्यसका चालकलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकामा भारत मोतीहारीका अशोककुमार दुबे र डब्ल्यु बी११–८५२४ नंको ट्रक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

याे पनि पढ्नुस  रुपन्देहीका डिएसपी तुलसीपुर तानिए

चालक दुबेले ट्रकको भित्रपट्टि फल्स बटम बनाई १६ वटा बोरामा लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्