टाइगरको फ्यान क्लब

चैत ४ । टाइगर श्राफ बलिउडमा प्रवेश गरेको छोटो अवधिमा नै निकै चर्चित नाम हो । बलिउडमा प्रवेश गरेको करिव तीन वर्षजनि मात्रै हुँदा विशेषतः युवा पुस्ताको मन मुटुमा बस्न सफल कलकार बनेका हुन् । उनले कम समयमै प्रशस्तै आफ्रना प्रशंसकहरु बटुल्न सफल भएका छन् ।

उसोतः जयकी श्रवका छोरा उनी बलिउडमा प्रवेशमा सहज भएपनि प्रशंसक भने उनी आफ्नै संघर्षले बटुलेका हुन् ।

अहिले सामाजिक सञ्जालहरुमा उनका नामका दर्जनौं फ्यान क्लबहरु छन् । एउटा फ्यान क्लबको फ्यान पेजलाई त फेसबुकले भेरिफाइड नै गरेको छ ।

कतिपय अवस्थामा टाइगरका बारेमा उनकै फ्यान क्लबमार्फत जानकारी प्राप्त हुनथालेको छ ।

टाइगरलाई पनि उक्त कुराको जानकारी छ । उनले भनेका छन्, ‘म प्रशंसकहरूको प्रेमकै कारण आज यो अवस्थामा छु’ उनी थप्छन्, ‘उनीहरूले पेजमा अपलोड गर्ने सामाग्रीहरू मेरो उत्साह बढाउने शैलीका छन्।’

कमेन्ट गर्नुहोस्