दिपक दीपाको अफरलाई लत्याउँदै साम्राज्ञी लागिन इन्टु मिन्टुतिर

चेत ४ । बहुचर्चित फिलिम ‘छक्का पञ्जा’को सिक्वेल बनाउन दिपक–दीपाको अफरलाई ड्रिम गर्ल साम्राज्ञीले अस्वीकार गरेकी छिन् ।

निर्माता/निर्देशक/कलाकार दिपक–दिपाले २०७३ को सर्वाधिक कलेक्सनको रेकर्ड राखेको फिल्म ‘छक्का पञ्जा’को सिक्वेल बनाउने घोषणा यसअघि नै गरिसकेका छन् ।

केहि दिनअघि मात्रै दिपकले ‘छक्का पञ्जा–२’ मा अन्य कलाकारहरु पुरानै हुने र दुइजना नयाँ नायक र नायिकालाई मात्रै समावेश गर्ने भनि चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले एक संचारमाध्यमसँग भनेका थिए ।

यसै सिलसिलामा अहिलेकी चर्चित नायिका ‘ड्रिम्स’ डेब्यू गर्ल साम्राज्ञ राज्यलक्ष्मी शाहलाई लिनको लागी अफर गरेको थियो । सँगै पछिल्लो पुस्ताका चल्तिका कलाकार प्रदिप खड्का र साम्राज्ञीलाई समेत फिल्ममा जोड्ने तयारी गरेका थिए ।

तर साम्राज्ञीले भने उक्त अफरमा आनाकानी गरेको कुरा सार्वजनिक भएको छ । बैशाखबाट फ्लोरमा जाने भनिएको प्रोजेक्टमा साम्राज्ञी राख्ने चर्चा हुँदै गर्दा उनले भने सोहि समयमा कोरियोग्राफर रेनशा वान्तवा राइले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘इन्टु मिन्टु’मा काम गर्ने निश्चित भएको र सुटिङ अबधि एकै समय पर्ने भएकोले ‘छक्का पञ्जा-२’लाई उनले समय दिन नभ्याउने बताइएको छ । प्रदिपका तर्फबाट भने केही प्रतिक्रिया आएको छैन ।

कमेन्ट गर्नुहोस्