Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

महानिरीक्षक नियुक्तिमा विवाद: सर्वाेच्च अदालतमा सुनुवाई

काठमाडौं, चैत्र ६ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा भएको विवादपछि परेको दुईवटा रिट तथा एउटा निवेदन उपर सुनुवाई गर्न आजबाट प्रधानन्यायाधीश सुशीला कार्कीसहित ५ सदस्यीय बृहत पूर्ण इजलाश गठन भएको छ ।

इजलाशमा प्रधानन्यायाधीश कार्कीसहित, न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सदस्य रहेका छन् ।
उक्त इजलाशमा तीनवटा मुद्दाको पेशी तोकिएको छ । जसमा अधिवक्ता कपिलदेव ढकालले दायर गरेको रिट र पछि दायर गरेको अर्को छुट्टै निवेदन तथा डिआइजी नवराज सिलवालले दायर गरेको रिट पेशी सूचीमा छ ।

सरकारले वरियता क्रममा तीन नम्बरमा रहेका डिआईजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने निर्णय गरेसँगै सर्वोच्चमा रिट परेपछि प्रधानन्यायाधीश सुशीला कार्कीले तत्काल सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकी थिइन् । त्यसयता नेपाल प्रहरीको प्रमुखको जिम्मेवारी प्रविधिक तर्फका एआइजी डा. दिनेशचनद्र पोखरेललाई तोकिएको छ । हालसम्म पनि उक्त अन्तरिम अादेशलाई नै निरन्तरता दिइएकाे छ ।

उक्त विवाद समाधानका लागि आजबाट सर्वोच्चमा सुनुवाई सुरु हुँदै छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: