पत्रकार दर्नाल सम्मानित

काठमाडौँ, चैत ७ । पत्रकारिताका माध्यमबाट दलित समुदायको हक अधिकारसँगै सामाजिक न्याय र अधिकार प्राप्तिको सङ्घर्षमा उल्लेखनीय योगदान पुर्याएबापत दलित अनलाइन डटकमका संस्थापक एवम् प्रधानसम्पादक अशोक दर्नाल सम्मानित भएका छन् ।

राष्ट्रिय दलित आयोगको १५ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा आयोगले पत्रकार दर्नाललाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरेको हो ।

एक दशकदेखि पत्रकारितामा क्रियाशील दर्नाल यसअघि ‘एबिसी’ टेलिभिजन र ‘कान्तिपुर’ दैनिकमा काम गरिसकेका छन् । नेपालको दलित मुक्ति आन्दोलनमा सक्रिय उनी मानवअधिकार तथा दलित आन्दोलनको अभियान्ताका रुपमासमेत परिचित छन् । दर्नालकै पहलमा विगत डेढ वर्षदेखि दलित अनाइन डटकम सञ्चालनमा आएको छ ।

उनीसंगै आयोगले ‘नयाँ पत्रिका’ दैनिकका पत्रकार विश्वास खड्काथोकी, लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा, सुजन बराइली र आयोगका सदस्यसचिव सीताराम घले परियारलाईसमेत सम्मान गरिएको हो । रासस

कमेन्ट गर्नुहोस्