गैरकानूनी ढंगले इजलास गठन भएको भन्दै चन्द पक्षका वकिलद्वारा बहस बहिष्कार

काठमाडौं, चैत ७ । गैरकानूनी ढंगले इजलास गठन भएको भन्दै चन्द पक्षका वकिलले बहस बहिस्कार गरेका छन् । प्रहरी महानिरीक्षकको बढुवासम्बन्धी विवादमा सर्वोच्च अदालतले पूर्ण इजलास गठन गरेको थियो । तर, महानिरीक्षकमा बढुवा गरिएका जयबहादुर चन्द पक्षका कानून व्यवसायीले पूर्ण इजलास गैरकानूनी ढंगले गठन भएको भन्दै बहस बहिष्कार गरेका हुन् ।

याे पनि पढ्नुस  लाउडा विमान भाडा प्रकरण पूर्ण इजलासमा सुनुवाइ हुने

चन्दको पक्षबाट बहस गर्न नाम लेखाएका अधिवक्ताहरु पूर्णमान शाक्य, सुशिल पन्त, महादेव यादव सतिशकृष्ण खरेल, प्रेमबहादुर खड्का, श्याम खरेल, बसन्तराम भण्डारी, सुनिल पोखरेल, डाक्टर दिनमणी पोखरेल, माधव बस्नेत, हरि उप्रेतीलगायतले इजलास बहिष्कार गरेका हुन् ।

प्रधानन्यायाधीश सुशिला कार्की तथा न्यायाधीशहरु ईश्वर खतिवडा र हरिकृष्ण कार्कीले यसअघि चन्दको बढुवा तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम र अल्पकालिन आदेश दिइसकेकाले उनीहरु नै पूर्ण इजलासमा रहँदा फैसला निष्पक्ष हुन नसक्ने भन्दै कानून व्यवसायीले वहस बहिष्कार गरेका हुन् ।
यसअघि आइतबार महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले पनि यहि अडान राख्दै बहस नगरि इजसालबाट बाहिरिएका थिए । महान्यायाधीवक्ता श्रेष्ठले यसबारेमा प्रधानन्यायाधीश कार्कीको ध्यानाकर्षण गराएपनि यो कानूनअनुसार र विगतको अभ्यासअनुसार नै भएको जवाफ दिएपछि उनले बहस नगरी बाहिरिएका थिए ।
सोमबार सरकारका तर्फबाट सहन्यायाधीवक्ता रेवतीराज त्रिपाठी र उपन्यायाधीवक्ता टिकेन्द्र दाहालले बहस गर्ने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । मुद्दाको बहस सकेर सर्वोच्च अदालतले सोमबर नै प्रहरी महानिरीक्षकको विवाद किनारा लगाउने सम्भावना छ ।

याे पनि पढ्नुस  डीआईजी नवराज सिलवाल सर्वोच्च नपुग्दै छुटे

कमेन्ट गर्नुहोस्