राप्रपा झडपमा कोमल ओली घाइते

चैत ७ । निर्वाचन आयोगविरुद्व राप्रपाले गरेको प्रदर्शनको क्रममा चर्चित गायिका तथा राप्रपा नेत्री कोमल वली घाइते भएकी छिन् । ओली सहित घटनामा अन्य १९ नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको काठमाडौं मोडल अस्पतालमा र अन्यको वीर अस्पतालमा उपचार भइरहेको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी गराएका छन् ।

याे पनि पढ्नुस  दाङबाट चुनाव लड्दै कोमल ओली

मोडल अस्पतालमा उपचाररत गायिका तथा नेतृ कोमल वलीको अवस्था अहिले सामान्य हुँदै गएको अस्पताल स्रोतले जनाएको छ । यसैबीच पार्टी अध्यक्ष कमल थापा अस्पतालमा पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिएका छन् ।

राप्रपाले पार्टीको विधानमा रहेको हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको विषय निर्वाचन आयोगले हटाएको विरोधमा निर्वाचन आयोग अगाडी प्रदर्शन गरेको हो भने सो विरुद्ध आयोगलाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।

याे पनि पढ्नुस  हिन्दूराज्यको माग गर्दै निर्वाचन कार्यालय घेराउ

कमेन्ट गर्नुहोस्