उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण असफल

चैत्र ९ । उत्तर कोरियाले बुधबार गरेको क्षेप्यास्त्र परीक्षण असफल भएको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाको पूर्वी सामुद्रिक तटवर्ती नगर उन्साङ्बाट परीक्षण प्रहार गरिएको उक्त क्षेप्यास्त्रले केहीबेरमै असफल नतिजा देखाएको जानकारी दिएको छ ।

तीन चार दिनअघि मात्र उत्तर कोरियाले अत्यन्त आधुनिक प्रबिधिको रकेट ईन्जिनको सफल परीक्षण गरी रकेट युगको विकास र प्रवर्द्धन परियोजनामा बृहत् उपलब्धि हासिल गरेको दाबी गरेको थियो ।

याे पनि पढ्नुस  अमेरिका र उत्तर कोरियाबीच आज फिनल्याण्ड वार्ता हुँदै

हाल दक्षिण कोरियामा अमेरिकी र दक्षिण कोरियाली सेनाहरु संयुक्त रुपमा वार्षिक सैनिक अभ्यास सञ्चालन गरिरहेका समय पारी उत्तर कोरियाले आधुनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । दक्षिण कोरियामा भइरहेको वार्षिक सैनिक अभ्यासलाई आफ्नो देशउपर सामरिक आक्रमण गर्ने तयारीका लागि अभ्यास गरेको भन्ने आरोप उत्तर कोरियाले लगाउँदै आएको छ ।

याे पनि पढ्नुस  अमेरिकाले मनोवैज्ञानिक युद्ध चाहेको छ : इरान

यस मार्च महिनाको सुरुवात सँगसँगै उत्तर कोरियाले चारवटा शक्तिशाली ब्याल्लेस्टिक क्षेप्यास्त्रहरु जापानको सीमा नजिकैको समुद्रमा प्रहार गरी सफल परीक्षण गरेको थियो । यस परीक्षण पश्चात्, जापान, अमेरिका र दक्षिण कोरियाले सशक्त विरोध जनाएका थिए ।

दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्न लागेकाले त्यसको जवाफ स्वरुप उत्तर कोरियाले पछिल्लो परीक्षण गरेको तर असफल भएको दक्षिण कारियाका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

याे पनि पढ्नुस  तिब्बती फुटबल टिमलाई अमेरिकाले भिसा नदिएपछि

अमेरिकी सेनाले पनि उत्तर कोरियाले असफल मिसाइल परीक्षण गरेको पुष्टि गरेको छ । प्रक्षेपण गरेको केही सेकेण्ड भित्रै मिसाइल विस्फोट भएको दाबी गरिएको छ ।

कमेन्ट गर्नुहोस्