नयाँ आइजीपी प्रधानमन्त्रीको चीन भ्रमणपछि

काठमाडौं, फागुन  १० ।  सरकारले प्रहरी महानिरीक्षक नियुक्ति प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण पछि मात्रै अधि बढाउने भएको छ । प्रधानमन्त्री प्रचण्डको ६ दिने चीन भ्रमण बिहिबार सुरु हुँदै छ ।

सर्वोच्चको फैसलामा गम्भीर असहमति र कतिपय विषय सरकारी रेकर्डभन्दा फरक भएकाले कानुनी परार्मशपछि मात्रै अधि बढ्न सरकारले महानिरीक्षक नियुक्ति पर सारेको हो ।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार भएको भेटमा चीन भ्रमणपछि मात्रै आईजीपी नियुक्ति प्रकिया अघि बढाउने सहमति भएको हो । बालुवाटार स्रोतका अनुुुसार आईजीपी प्रकरणमा सर्वोच्चको फैसलामा उल्लेख भएका कतिपय विषय सरकारी रेकर्ड भन्दा फरक भएकाले पनि हुबहु कार्वान्वयन हुदैनन् ।

प्रचण्ड–देउवाको बीचको भेटमा सरकारलाई प्रहरी महानिरीक्षक नियुक्त गर्नसमेत नदिने उद्देश्यले सर्वोच्चको फैसला देखिए त्यसलाई अस्वीकार गर्ने सहमति भएको छ ।

‘सर्वोच्चले महानिरीक्षकमा सरकारले नियुक्त गरेका जयबहादुर चन्दको बढुवालाई बदर गरेको स्वीकार गर्ने तर अर्को आईजीपी नवराज सिलवाललाई योग्य भनेर सरकारको कार्यकारी अधिकार खोस्ने गरी उद्यत भएकोले अस्वीकार गर्ने सहमति भएको छ’ स्रोतले भन्यो, ‘को उपयुक्त हो भनेर छान्ने काम सरकारको हो, सर्वोच्चको होइन ।

यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

कमेन्ट गर्नुहोस्