बाल्टिमोरमा प्रवासी एमालेहरुको भेला

चैत्र १० । नेकपा एमालेका प्रवासी कार्यकर्ताहरुको अमेरिकास्थित अघोषित संगठन प्रवासी नेपाली मंचको दोस्रो अधिवेशन मेरियाल्याण्डको बाल्टिमोरमा हुँदैछ । मार्चको ३१ तारिख अर्थात चैत्र १८ गतेदेखि तीन दिनसम्म चल्ने अधिवेशनमा प्रतिनिधि एवं पर्यवेक्षकसहित दुई सय ५० जनाको सहभागिता हुनेछ ।
दोस्रो अधिवेशनका लागि प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओली अमेरिका आउने तय भएको छ ।

‘अहिलेसम्म अधिवेशनका लागि पूर्व प्रधानमन्त्री आउने निश्चित छ’ मञ्चका न्युयोर्क च्याप्टर अध्यक्ष राधाकृष्ण देउजाले भने, ‘यद्यपी संभावित परिवर्तित घरेलु राजनीतिले भ्रमण स्थगित भए, त्यो अर्को कुरा हुनेछ ।’

याे पनि पढ्नुस  प्रवासमा वाम एकताको खुशीयाली, एकतामा सरिक हुन सबै‌लाई आह्वान

अमेरिकामा रहेका २४ वटा च्याप्टरका एक सय ७१ प्रतिनिधिले तीन वर्षको लागि नयाँ नेतृत्वको चयन गर्ने छ । प्रवासी नेपालीहरुको हक हीतमा सक्रिय संगठन भनेर परिभाषित गरिएपनि मञ्च एमाले निकट संगठन हो । विशेषत यो संगठन, विदेशमा एमाले नेतृत्व पक्तिको आतिथ्य एवम् निर्वाचनको मौसममा पार्टी सहयोगका लागि सक्रिय रहँदै आएको छ ।

याे पनि पढ्नुस  व्यापार घाटा कम गर्न भारतीय बजारमा नेपाली सामानको सहज पहुँच हुनुपर्छ - प्रचण्ड

स्थापनादेखि नै विवादमा अल्झिदैं आएको कांग्रेस कार्यकर्ताहरुको प्रवासी संगठन, जनसम्पर्क मञ्च अमेरिकामा फेरि झगडा देखिएको छ । केही समयअघि मात्र भुकम्प पीडितको राहत रकमकै बिषयलाई लिएर बबण्डर मच्चिएको जनसम्पर्कको नेतृत्वले हालै घोषणा गरेको पहिलो साधारणसभाको आयोजना बारे अन्यौलता छाएको छ ।

अप्रिल २२ मा भर्जिनियामा तोकिएको सो साधारण सभाकै दिन असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका पूर्व संयोजक बिष्णु सुवेदीले न्युयोर्कमा डेलिगेट भेलाको आव्हान गरेपछि विवाद सतहमा आएको हो । आइतबारमात्र नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल हस्ताक्षरित पत्रले आगामी स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नेतृत्वलाई साधारण सभा स्थगित गर्न निर्देशन दिएको छ । सुवेदी समुहले पार्टी निर्देशन पत्रलाई उचित कदम बताएको छभने गोरख बिष्टको नेतृत्वमा रहेको जनसम्पर्कले पछिल्लो स्थितिबारे अनविज्ञता जनाएको छ ।

याे पनि पढ्नुस  व्यापार घाटा कम गर्न भारतीय बजारमा नेपाली सामानको सहज पहुँच हुनुपर्छ - प्रचण्ड

फेसबुकमा सार्वजनिक पत्रले सभा रोकिन्न’ सभा आयोजक समितिका संयोजक केशव बरालले भने, ‘सभापति वा महामन्त्रीको हस्ताक्षरित पत्रलाई मात्र आधिकारिक मान्न सकिन्छ ।’

कमेन्ट गर्नुहोस्