भक्तपुर, चैत ११। देशभर सञ्चालित माध्यमिक शिक्षा परीक्षा ‘सेकेन्डरी एजुकेसन एक्जाम’ (एसइई) आजबाट सकिएको छ ।
संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको एसइई परीक्षा आजदेखि सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिएका छन् ।
प्राविधिकधार तर्फको परीक्षा भने चैत १४ गते सम्पन्न हुने छ । परीक्षामा देशभरबाट करिब पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए ।