ठूलो परिमाणमा डलरसहित त्रिभुवन विमानस्थलबाट भिक्षुहरू पक्राउ

काठमाडौं, ११ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा अमेरिकी डलर सहित भिक्षुहरु पक्राउ परेका छन् ।

थाइ एयरबाट थाइल्याण्ड जान लागेका चार जना भिक्षुणीले झोलामा बोकेको २ लाख ८६ हजार अमेरिकी डलर प्रहरीले बरामद गरेको जनाएको छ ।

ती भिक्षुणीहरुको झोलामा संकास्पद देखिएपछि चेक गर्दा सो ठूलो परिमाणमा डलर बरामद भएको विमानस्थलका डीआइजी पंकज श्रेष्ठले जानकारी दिएका छन् ।

उनीहरुको साथबाट २ लाख ८६ हजार डलर र २ लाख ६८ हजार भारतीय मुद्रा भेटिएको हो । नेपालमा यति ठूलो परिमाणमा डलरको ओसारपोसार अवैध छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्