तस्वीरमा हेर्नुस-बोआओ सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड

हेनान,चैत १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोआओ सम्मेलनलाई शनिबार विहान सम्बोधन गरेकान छन् ।

उक्त सम्मेलनलाई सम्बोधन गर्न विहिबार राती चीन पुगेका प्रधानमन्त्रीले आइतबार र सोमबार महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्नेछन् ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले अन्तरराष्ट्रिय लगानीकर्तारुलाई नेपालमा लगानी बढाउन आग्रह गरे ।
नेपालमा जलविद्युत, पूर्वाधार विकास एवं पर्यटन लगायत विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसर पर्याप्त रहेको बताउँदै प्रचण्डले भने, ‘नेपालमा बढिरहेको स्वदेशी बजार एवं एशियाको सबैभन्दा ठूलो अर्थ व्यवस्थामा नेपाल व्यापारिक केन्द्रका रुपमा स्थापित हुन सक्ने सम्भावना छ ।

प्रधानमन्त्रीले मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा उक्त मञ्चको सम्मेलनमा भाग लिन जान गएका हुन् ।
बोआओमा रहँदा प्रधानमन्त्रीले शुक्रबार चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गरेका थिए ।

प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध स् समृद्धिका अवसर’ विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा चैत १३ गते सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन उनले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नेछन् ।

कमेन्ट गर्नुहोस्