डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु दुईजना घाइते

डडेल्धुरा, चैत १२ । डडेल्धुरामा छड बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । शनिबार बिहान से १ त ८९०८ नम्बरको ट्याक्टरअमरगढी नगरपालिका–११ धनघाट नजिकै दुर्घटनामा परेर बझाङ देउलेख–४ का सुरेशबहादुर बोहराको मृत्यु भएको हो ।

ट्याक्टर चालक कैलालीको धनगढी उपमहानगरपालिका–२ बस्ने ओमबिक्रम अधिकारी घाइते भएका छन् । उनको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । ट्याक्टरमै रहेका बझाङको देउलेख–५ बस्ने जयबहादुर ढाँटसामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्