सरकारको तर्फबाट शहिद गौतम परिवारलाई रु १० लाख हस्तान्तरण

काठमाडौं, चैत १२ । कञ्चनपुर घटनामा शहिद भएका गोविन्द गौतमका परिवारलाई सरकारले १० लाख रुपैया हस्तान्तरण गरेको छ । गृहमन्त्री विमलेन्द्र निधि शनिबार कन्चनपुरको पुर्नवास पुगि सरकारको तर्फबाट गौतम परिवार रु १० लाख रुपैया हस्तान्तरण गरेका हुन् ।

कन्चनपुरको पुर्नवासमा कल्र्भट निर्माण विषयमा झगडामा भारतीय एसएसबीले अन्धाधुन्धा चलाएको गोली लागि स्थानिय गोविन्द गौतमको मृत्यु भएको थियो ।
सरकारले गौतमलाई शहिद घोषणा गरेर क्षतिपुर्ति सहित रु १० लाख दिने घोषणा गरेको थियो ।

गृहमन्धी निधिले गौतमको घरमा पुगी सरकारको तर्फबाट १० लाख र नेपाली कांग्रेसको तर्फबाट रु ७ लाख रुपैया गौतम श्रीमति लक्ष्मि गौतमलाई हस्तान्तरण गरेका छन् ।

यसअघि शहीद परिवारलाई नेकपा एमाले र माओवादी केन्द्रले ५ लाख र ६ लाख राहत प्रदान गरेका थिए ।

गृहमन्त्री निधिले रकम हस्तान्तरणपछि घटनास्थल अवलोकन गर्दै भारतले यस घटनाप्रति माफी माग्दै परिवारलाई क्षतिपुर्ति दिनुपर्ने बताए ।

निधिले सरकारी घोषणा अनुसार गौतमका छोरीहरुलाई उच्चशिक्षासम्म निःशुल्क उपलब्ध गराउने र शहीदपत्नी लक्ष्मीलाई सरकारी जागीर दिने प्रतिबद्धता पनि व्यक्त्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्