करन र ऐश्वर्याको सम्बन्ध समाप्त

चैत १२ । चलचित्र उद्योगमा कलाकार र निर्माता÷निर्देशकबीचको सम्बन्ध खासै लामो रहँदैन भन्ने उदाहरण बनेका छन् निर्माता निर्देशक करन जोहर र अभिनेत्री ऐश्वर्या राय ।

बलिउडमा राम्रो दोस्ती रहेको दुईको सम्बन्ध अब करिव करिब समाप्त नै भएको वलिउड भास्करले उद्धत गरेको छ ।

याे पनि पढ्नुस  कंगना रनोटले करण जौहरमाथि लगाईन गम्भीर आरोप, मोदीलाई गुहार्दै कार्वाही गर्न माग

वलिउड मिडियाले पछिल्लो पटक ऐश्वर्या र करनको सम्बन्धमा खटपट आएको छ कुरा यसअघि नै सार्वजनिक गरिसकेको छ । त्यस्तै वलिउड भास्करले उनिहरुको सम्बन्ध ठिक नभएको भन्दै प्याचअप नै नहुने संकेत देखिएको लेखेको छ ।

पछिल्लो रिलिज फिल्म ए दिल है मुश्किलको समयदेखि यी दुईको सम्बन्ध बिग्रेको बताईएको छ । उक्त फिल्म रिलिजपछि करनले अर्को फिल्मको लागी ऐश्वर्यालाई अफर गरेको र त्यो अफर पनि ऐश्वर्याले सिधा लत्याएको बताईन्छ । त्यसो त हप्ता दिन पहिले दिवंगत भएका ऐश्वर्याको पीताको श्रद्धाञ्जली कार्यक्रममा समेत करन नपुगेको बताईएको छ ।

कमेन्ट गर्नुहोस्