नयाँ शिक्षा नियमावली आवश्यक छ : पौडेल

बेँसीसहर, चैत १४ । शिक्षामन्त्री धनीराम पौडेलले नयाँ शिक्षा ऐनअन्तर्गत नयाँ नियमावली आवश्यकता रहेको बताएका छन् ।

सदरमुकाम बेसीसहरमा आज आयोजित ‘दिगो विकासका लक्ष्य र स्थानीय तहबारेमा सांसद तथा सरोकारवालासँग अन्तक्र्रिया’ कार्यक्रममा मन्त्री पौडेलले कर्मचारी र अभिभावकले अहिले शिक्षा व्यवस्थापन नियमावलीको औचित्य र आवश्यकता महसुस गरेकाले पनि चाँडोभन्दा चाँडो नियमावली ल्याउनका लागि मन्त्रालय लागेको जानकारी दिए ।

याे पनि पढ्नुस  नीजि विद्यालयले बढाएको शुल्क फिर्ता लिन ७२ घण्टे अल्टिमेटम, मन्त्री भन्छन्-शुल्क बढाउने विद्यालय खारेज गरिन्छ

अर्को प्रसङ्गमा उनले केन्द्रमा निहित अधिकार स्थानीय तहमा आएकाले गाउँ तथा नगरको विकास समृद्धिका लागि अब हुने स्थानीय तहको निर्वाचन महत्वपूर्ण हुने बताए । सक्षम नेतृत्वका लागि निर्वाचनमा सहभागी हुने राजनीतिक दल गम्भीर हुनुपर्नेमा पनि उनकाे जाेड थियाे । उनले भने, “अबको निर्वाचित नेतृत्वले स्रोत जुटाउने, सहभागिता बढाउने र परिचालन गरी गाउँ समृद्ध बनाउन सक्नुपर्छ ।”

याे पनि पढ्नुस  पूर्वशिक्षा मन्त्री पौडेल भन्छन्, ‘शैक्षिक बेरोजगार उत्पादन गर्ने शिक्षा प्रणाली बदल्नुपर्छ’

जनसङ्ख्या तथा विकासका लागि सांसदको राष्ट्रिय मञ्च नेपालद्वारा आयोजित कार्यक्रम महालक्ष्मी उपाध्याय (डिना) को अध्यक्षता संचालन भएको थियो ।

कमेन्ट गर्नुहोस्