कडा सुरक्षाबीच आरआर क्याम्पसमा स्ववियु निर्वाचनको लागि मतदान सुरु

काठमाडौं, चैत १५ ।  रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्ववियू निर्बाचन आज म‌ंगलबार सुरु भएको छ ।   पटक पटक विवाद भएर स्थगित भएको आरआर क्याम्पसको निर्वाचन आज विहान ९ बजेबाट मतदान सुरु भएको हो ।

आरआर क्याम्पसमा एमालेनिकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ र माअोवादी निकट अखिल क्रान्तिकारी मुख्य प्रतिस्पर्धी छन् ।

निर्बाचनमा अनेरास्ववियुबाट टपेन्द्रबहादुर शाही, नेविसंघबाट उत्तम साउदको समूह चुनावी मैदानमा छ ।

नयाँ शक्ति पार्टी, वैद्य नेतृत्वको माओवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन संयुक्त प्यानल बनाएर अरबन्द्रि भट्टराईको नेतृत्वमा मैदानमा छ ।

निर्वाचन कार्यतालिका अनुसार अहिले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने बताइएको छ ।  क्याम्पस परिसरमा कडा सुरक्षा दिइएको छ ।आरआरमा करिव ३ हजार ५ सय बढी मतदाता छन् ।

 

कमेन्ट गर्नुहोस्