बंगलादेशविरुद्ध नेपालको कसिलो बलिङ, १० ओभरमा ४ विकेट पतन

 ढाका, चैत १५ । एशियन क्रिकेट काउन्सिल इमर्जिङ कप अन्तर्गत नेपाल र बंगलादेशको खेल शुरु भएको छ । कक्स बजारस्थित शेख कमल अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर नेपालले फिल्डिङ गर्ने निर्णय गरेको थियो । सोमबार पाकिस्तानसँग हार बेहोरेको नेपाली टोलीले घरेलु टोली बंगलादेशविरुद्ध निकै कसिलो बलिङ गरिरहेको छ ।
१० ओभर पुरा हुँदासम्म बंगलादेशले ४ विकेटको क्षतिमा जम्मा ३३ रन बटुलेको छ । नेपालका तर्फबाट दोश्रो ओभरमा अभिनास कर्णले ३ विकेट लिएपछि बंगालदेश टीम संकटमा परेको हो । नवौं ओभरमा मोहम्मद आलमले चौथो विकेट लिएका छन् ।
नेपाल सोमबार सम्पन्न पहिलो खेलमा भने पाकिस्तानको २३ वर्ष मुनिको टोलीसँग ६ विकेटले पराजित भएको थियो । नेपालका लागि दबाबपूर्ण अवस्था रहेपनि टस जितेर बलिङ रोजेका नेपाली टीमको शुरुआती प्रदर्शनले आजको खेल नेपालको पोल्टामा पर्ने संकेत देखिएको छ ।
सोमबार भने नेपालले सोही कक्स बजारस्थित शेख कमल अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ्ग गरेर निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा एक सय ८० रन बनाएको थियो । जवाफमा पाकिस्तानले ४५ ओभर १ बलमा ४ विकेटको क्षतिमा विजय लक्ष्य हासिल गरेको थियो ।
फाइल तस्वीर

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  विश्वकप अघि चम्किँयो वेस्ट इन्डिज, न्यूजिल्याण्डलाई ४२२ रनको लक्ष्य