एसीसी इमर्जिङ कप क्रिकेटमा नेपालले बनायो १५९ रन, जीतका लागि ५६ रन आवश्यक

ढाका, चैत १७ । एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा हङकङ विरुद्ध जवाफी व्याटिङ गरिरहेको नेपालले १५५ रन बनाएको छ ।

बंगलादेशको कक्स बजारस्थित सेख कमल अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर हङकङले बनाएको २१५ रनको चुनौति प्रछ्याएको नेपालले तीन विकेट गुमाएर १५५ रन बनाएको हो ।

कप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट ७० रनको मद्दतले नेपालले हङकङ विरुद्धको जवाफी व्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी व्यक्तिगत ३५ रन बनाएर क्रिजमा छन । उनलाई भरपर्दा व्याट्सम्यान शरद भेषवाकरले २२ रन बनाई साथ दिइरहेका छन् । यसअघि बंगलादेशसँग ५६ रन बनाएका ऐरीले नेपालको इनिङ्स उकासिरहेका छन् ।

अब नेपालले हङकङसँगको खेल जितका लागि जम्मा ५६ रन बनाए पुग्छ । यसअघिका पाकिस्तान र बंगलादेशसँगको दुवै खेलमा नेपाल पराजित भएको थियो । भने हङकङ पनि दुवै खेलमा पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्