दोलखामा भएको ट्रिपर दुर्घटनामा एक जनाको ज्यान गयो, दुई घाइते

दोलखा, चैत १८ । लु अ प ५४६ नम्बरको ट्रिपर दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोट कालीदहमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बिहीबार बेलुका भएको उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् ।

ज्यान जानेमा बैतेश्वर गाउँपालिका–१ गैरीमुदीका संजिव तमाङ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिए ।
दुर्घटनामा गैरीमुदीका प्रभुशरण मोक्तान र गैरीमुदीकै ट्रिपर चालक अविनाश तमाङ घाइते भएका छन् ।

चालक तमाङको चरिकोटमा उपचार हुन नसकेपछि बिहीबार राति नै उपचारको लागि काठमाडौं लगिएको छ । अर्का घाइते प्रभुशरण मोक्तानको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालमा उपचार भइरहेको ।

कमेन्ट गर्नुहोस्