कैलालीमा मात्रै म्यादी प्रहरीका लागि ६ हजारले भरे आवेदन

कैलाली, चैत १९ । बैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा कैलालीबाट ६ हजार भन्दा बढीले आवेदन भरेका छन् । सरकारले उक्त चुनावका लागि देशभर ६५ हजार म्यादी प्रहरीको आवश्यक रहेको भन्दै आवेदन खुल्ला गरेको थियो ।

आवेदन दिने अन्तिम दिनमा ६ हजार १ सय २० जनाले आवेदन भरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अर्जुन चन्दले जानकारी दिए । कैलालीमा १ हजार ५ सय ३७ जना म्यादी प्रहरी भर्नाको कोटा केन्द्रबाट निर्धारण गरिएको उनले बताए ।

शनिबारदेखि म्यादी प्रहरीको भर्ना छनौट हुने प्रहरी उपरिक्षक चन्दले बताए । सरकारले स्थानीय तह निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: