नयाँ शक्तिलाई झड्का, केन्द्रीय परिषद गिरी सहित डेढ सय माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, चैत १९ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिलाई सुदुरपश्चिममा ठूलो झड्का लागेको छ । नयाँ शक्तिका केन्द्रिय परिषद सदस्य मोहन गिरि, जिल्ला सह– संयोजक दिपक खत्री र डम्बर खड्का लगायत १ सय ५० नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

फोरम नेपालसँग नयाँ शक्तिको एकता हुने चर्चा चलिरहेकै बेला सुदुरपश्चिमा भने नयाँ शक्तिलाई ठुलै झट्का लागेको हो । माओवादी पार्टीमा रहँदादेखि डा.भट्टराईसँग निकट रहेका उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

अन्य प्रवेश गर्नेहरुमा रतन महरा, सुकुम्वासी प्रदेश संयोजक, भोजराज वैज, कमल नेपाली युवा केन्द्रिय सदस्य, नरेन्द्र ओझा प्रदेश सचिवालय सदस्य,केशव अवस्थी,खेमराज अवस्थी, गोविन्द चौधरी, सुरेन्द्र चौधरी,पार्वती राना,कलावती राना,खेम चौधरी,दिलिपसिहं धामी, सुक्कन चौधरी, खेमा चौधरी, सुकराम चौधरी, किरमिर चौधरी रहेका छन् ।

नवप्रवेशीलाई माओवादी केन्द्रका स्थायी समिति सदस्य लेखराज भट्टले टिका लगाई माओवादी केन्द्रमा प्रवेश गराएको माओवादी केन्द्रका प्रदेश नं ७ का प्रचार–प्रसार विभाग संयोजक ओमविक्रम भाटले जानकारी दिए । उनका अनुसार स्थानीय निकायको निर्वाचनअघि नयाँ शक्तिका अन्य नेताहरु प्रवेश गर्ने तयारी छ ।

एमाले–काँग्रेस,राप्रपाका झण्डै १ हजार बढी नेता–कार्यकर्तालाई एकैसाथ माओवादी केन्द्रमा प्रवेश गराउने तयारी भइरहेको पनि भाटले बताए ।

मोहन गिरी २०७० सालको संविधानसभा निर्वाचनमा कञ्चनपुर क्षेत्र नं ४ बाट ६ हजार मत ल्याउदै दोश्रो भएका थिए । गिरी काँग्रेस नेता रमेश लेखकका प्रतिद्धन्द्धी थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: